नियम ४३
हुलाक आदेश
बिक्री भएको महिनाको आखिरी दिनले ६ महिनाभित्र हुलाक आदेश र त्यससाथ रहेको अधकट्टि समेत हुलाक आदेश किनेको अड्डामा पेश गरी त्यस हुलाक आदेशको मूल्य फिर्ता लिन चाहेमा कमिशन बाहेक मूल्य फिर्ता पाउनेछ । हुलाक आदेश बिक्री भएको महिनाको आखिरी दिनले ६ महिना नाघेको तर दोस्रो कमिशन चुक्ता गरेको भएमा १२ महिनाभित्र कमिशन बाहेक मूल्य फिर्ता पाउन सकिनेछ ।